उखरमाउलो गर्मीमा सिरक वितरण

तराई–मधेशमा यतिबेला गर्मी बेस्सरी बढेको छ । उखरमाउलो गर्मीले सर्वसाधारणलाई सकस पर्ने गरेको छ । गर्मी छल्न सर्वसाधारणहरु पंखा, एयरकन्डिसन, कुलर, रुख वृक्षलगायतका छहारी स्थानको खोजीमा हुन्छन् । तर गर्मीका बेला धनुषाको बटेश्वर गाउँपालिकाले सिरक र कम्बल वितरण गरेको छ । अन्य स्थानीय तहहरुले जाडोबाट छल्न सिरक र कम्बल मंसिर पुसमै वितरण गरेपनि धनुषा बटेश्वर […]

Continue Reading

पल शाहकाे निवेदन उपर उच्च अदालत पाेखरामा पहिलाे सुनुवाई

पोखरा : नाबालिका बलात्कार आराेपमा जेलमा रहेका अभिनेता पल शाहकाे निवेदन उपर उच्च अदालत पाेखरामा पहिलाे सुनुवाई भएकाे छ । उनीविरुद्ध तनहुँ प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेकाे थियाे । जिल्ला अदालत तनहुँले धराैटीमा रिहाइकाे आदेश नदिएपछि उनले पुनरावेदनका लागि उच्च अदालत पाेखरामा आवेदन दिएका हुन् । प्रहरीले अनुसन्धान प्रतिवेदनसहित पललाई सरकारी वकिल कार्यालयमा बुझाएकाे […]

Continue Reading

पल शाहविरुद्धको अनुसन्धान प्रहरीले सकेको छ

काठमाडौं : नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान प्रहरीले सकेको छ । अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेस गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहमाथि गरेको अनुसन्धान […]

Continue Reading

डा. शंकर भारतका लागि नेपाली राजदूतमा नियुक्त

काठमाडौं– डा. शंकर प्रसाद शर्मा भारतका लागि नेपाली राजदूतमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई राष्ट्रपति भण्डारीले गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए।

Continue Reading

नेपालगन्ज र आसपासका क्षेत्रमा बर्डफ्लुको जोखिम

नेपालगन्ज : नेपालगन्ज र आसपासका क्षेत्रमा बर्डफ्लुको जोखिम देखिएके छ । भारतको उत्तरप्रदेशका केही ठाउँमा बर्डफ्लु देखिएपछि बाँकेमा पनि यसको जोखिम भएको हो । नेपालगन्जमा खपत हुने धेरै बोईलर भारतीय सिमानाकाबाटै आउने गरेका छन । भारतबाट भित्रिने अवैध कुखुरा र चल्लाका कारण बाँकेमा पनि बर्डफ्लु फैलिने सम्भावना अत्याधिक बढेका छ । भारतबाट लुकिछिपी हुँदै आएको […]

Continue Reading

२ डिग्रीले बढ्यो नेपालगन्जको तापक्रम

गत वर्षको तुलनामा यसपटक नेपालगन्जमा अत्यधिक गर्मी बढेको छ । १९ मार्च २०२१ मा नेपालगन्जको अधिकतम तापक्रम ३३ दशमलव ८ थियो । यस वर्षको १९ मार्चमा अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस पुगेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय नेपालगन्जका मौसम विज्ञान सहायक मेनका झाले जानकारी दिइन् । गत वर्षको भन्दा यस वर्ष हरेक दिन एक–दुई डिग्री तापक्रम बढेको […]

Continue Reading

न्यायिक समिति अनुभव : महिला हुँदा पत्याएनन्‚

दाङ : स्थानीय तह गठन भई पहिलो कार्यकाल सकिन लाग्दासमेत न्यायिक समितिमा कानुनविज्ञ नपाएको न्यायिक समितिका संयोजकहरूले बताएका छन्। देश संघीयतामा गइसकेपछि २०७४ सालमा पहिलो पटक स्थानीय तहमा जनप्रतिनिधिहरू आए। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति रहने प्रावधान छ। दाङको गढवा गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शान्ति चौधरीले कानुनका […]

Continue Reading

सत्ता स्वार्थमा डुबेपछि कर्णालीका छ सांसदकाे पद चैट

– गोविन्द खत्री, सुर्खेत : २०७४ सालकाे निर्वाचनमा कर्णालीमा प्रत्यक्षतर्फ २४ र समानुपातिक तर्फ १६ जना गरी ४० जना प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । जसमा एमालेबाट २०, माओवादी केन्द्रबाट १३, नेपाली कांग्रेसबाट ६ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ जना थिए । तर, अहिले प्रदेशसभामा ३४ जना सदस्य मात्रै छन् । कार्यकाल नसकिँदै ६ जना सदस्यहरू […]

Continue Reading

नाम स्मार्ट सिटी, बासिन्दा पानी नपाउँदा काकाकुल

तुलसीपुर : स्मार्ट सिटीको नाम दिइएको तुलसीपुर बजारदेखि १३ किलोमिटर दूरीमा रहेको कल्ले–बल्लेका बासिन्दा अहिले पानी नपाउँदा काकाकुल बनेका छन् । धारा जडान गरिएको छ । घरअगाडि नै पाइप पुगे पनि पानी आउँदैन । बर्सातमा पानीको सहज आपूर्ति हुने भए पनि हिउँदमा भने तुलसीपुर उपमहानगरपापिलका–३का आधा दर्जन गाउँ काकाकुल हुन्छन् । धारामा पानी नआएपछि तीन […]

Continue Reading

माओवादी केन्द्रका नेता दामोदर आचार्यको निधन

पालगन्ज । नेपालगन्जका व्यवसायी अगुवा तथा माओवादी केन्द्रका नेता दामोदर आचार्यको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित आचार्यको ५९ वर्षको उमेरमा आज बिहान निधन भएको हो । नेपालगन्ज् उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आचार्य नेकपा मसालबाट राजनिती गर्दै पछिल्लो समय नेकपा माओवादी केन्द्रमा सक्रिय थिए । पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट बाँके […]

Continue Reading