पल शाहकाे निवेदन उपर उच्च अदालत पाेखरामा पहिलाे सुनुवाई

पोखरा : नाबालिका बलात्कार आराेपमा जेलमा रहेका अभिनेता पल शाहकाे निवेदन उपर उच्च अदालत पाेखरामा पहिलाे सुनुवाई भएकाे छ । उनीविरुद्ध तनहुँ प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेकाे थियाे । जिल्ला अदालत तनहुँले धराैटीमा रिहाइकाे आदेश नदिएपछि उनले पुनरावेदनका लागि उच्च अदालत पाेखरामा आवेदन दिएका हुन् । प्रहरीले अनुसन्धान प्रतिवेदनसहित पललाई सरकारी वकिल कार्यालयमा बुझाएकाे […]

Continue Reading

पल शाहविरुद्धको अनुसन्धान प्रहरीले सकेको छ

काठमाडौं : नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान प्रहरीले सकेको छ । अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेस गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहमाथि गरेको अनुसन्धान […]

Continue Reading

डा. शंकर भारतका लागि नेपाली राजदूतमा नियुक्त

काठमाडौं– डा. शंकर प्रसाद शर्मा भारतका लागि नेपाली राजदूतमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई राष्ट्रपति भण्डारीले गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए।

Continue Reading

नेपालगन्ज र आसपासका क्षेत्रमा बर्डफ्लुको जोखिम

नेपालगन्ज : नेपालगन्ज र आसपासका क्षेत्रमा बर्डफ्लुको जोखिम देखिएके छ । भारतको उत्तरप्रदेशका केही ठाउँमा बर्डफ्लु देखिएपछि बाँकेमा पनि यसको जोखिम भएको हो । नेपालगन्जमा खपत हुने धेरै बोईलर भारतीय सिमानाकाबाटै आउने गरेका छन । भारतबाट भित्रिने अवैध कुखुरा र चल्लाका कारण बाँकेमा पनि बर्डफ्लु फैलिने सम्भावना अत्याधिक बढेका छ । भारतबाट लुकिछिपी हुँदै आएको […]

Continue Reading

२ डिग्रीले बढ्यो नेपालगन्जको तापक्रम

गत वर्षको तुलनामा यसपटक नेपालगन्जमा अत्यधिक गर्मी बढेको छ । १९ मार्च २०२१ मा नेपालगन्जको अधिकतम तापक्रम ३३ दशमलव ८ थियो । यस वर्षको १९ मार्चमा अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस पुगेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय नेपालगन्जका मौसम विज्ञान सहायक मेनका झाले जानकारी दिइन् । गत वर्षको भन्दा यस वर्ष हरेक दिन एक–दुई डिग्री तापक्रम बढेको […]

Continue Reading

सत्ता स्वार्थमा डुबेपछि कर्णालीका छ सांसदकाे पद चैट

– गोविन्द खत्री, सुर्खेत : २०७४ सालकाे निर्वाचनमा कर्णालीमा प्रत्यक्षतर्फ २४ र समानुपातिक तर्फ १६ जना गरी ४० जना प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । जसमा एमालेबाट २०, माओवादी केन्द्रबाट १३, नेपाली कांग्रेसबाट ६ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ जना थिए । तर, अहिले प्रदेशसभामा ३४ जना सदस्य मात्रै छन् । कार्यकाल नसकिँदै ६ जना सदस्यहरू […]

Continue Reading

माओवादी केन्द्रका नेता दामोदर आचार्यको निधन

पालगन्ज । नेपालगन्जका व्यवसायी अगुवा तथा माओवादी केन्द्रका नेता दामोदर आचार्यको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित आचार्यको ५९ वर्षको उमेरमा आज बिहान निधन भएको हो । नेपालगन्ज् उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आचार्य नेकपा मसालबाट राजनिती गर्दै पछिल्लो समय नेकपा माओवादी केन्द्रमा सक्रिय थिए । पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट बाँके […]

Continue Reading

गुराँससित रमाउने सिजन सुरु

गुुल्मी : गुल्मीका डाँडाकाँडामा अहिले गुराँससित रमाउनेको भीड लाग्न थालेको छ । जिल्लाका रेसुंगा, मदाने, मालिका, कंकेदेउराली, मालारानी, दिब्रुङ, टिमुरे, थाप्ले, सत्यवतीलगायतका वनमा गुराँससँगै रमाउनेको घुइँचो लागिरहेको छ । शनिबार र बिदाका दिन गुराँसका रूख चढेर फोटो खिच्न र रमाउन कर्मचारी र व्यवसायी समेत ती स्थानमा पुग्न थालेका छन् । सर्वसाधारण दिनहुँजसो अनुकूल समय मिलाएर गुराँस फुल्ने स्थानमा […]

Continue Reading

प्रधानमन्त्रीकप भलिबललाई युक्यानको साथ

नेपालगन्ज : चैत १० देखि १४ गते सम्म संचालन हुने सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिताले आफ्नो तयारीलाई तिव्र पारेको छ । नेपाली भलिबलमा अलग पहिचान बनाउन सफल सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिताको यो आठौं संस्करण हो । प्रतियोगिताको तयारी तीब्र रुपमा अघि बढिरहेको आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले जानकारी दिनुभयो […]

Continue Reading

हुलास खाद्य उद्योग नेपालगञ्जले उत्पादित पिठाेमा प्लाष्टिक भेटियो

दैलेख : दैलेखमा एक कम्पनीले उत्पादन गरेको आँटा (पिठो) मा प्लाष्टिक जस्तो पदार्थ भेटिएको छ। हुलास खाद्य उद्योग प्रालि पार्वतीपुर नेपालगञ्जले उत्पादन गरेको आँठामा पलाष्टिक जस्तो पदार्थ भेटिएको हो। दैलेख सदरमुकामको होटल रोयल गार्डनले रोटी पकाउनका लागि खरिद गरेको आँटामा प्लाष्टिक जस्तो पदार्थ भेटिएको हो। उक्त होटलका सञ्चालक रविन्द्रप्रसाद शर्माका दम्पत्ति उच्च रक्तचापका बिरामी हुन्। […]

Continue Reading