नेपालगन्ज र आसपासका क्षेत्रमा बर्डफ्लुको जोखिम

नेपालगन्ज : नेपालगन्ज र आसपासका क्षेत्रमा बर्डफ्लुको जोखिम देखिएके छ । भारतको उत्तरप्रदेशका केही ठाउँमा बर्डफ्लु देखिएपछि बाँकेमा पनि यसको जोखिम भएको हो । नेपालगन्जमा खपत हुने धेरै बोईलर भारतीय सिमानाकाबाटै आउने गरेका छन । भारतबाट भित्रिने अवैध कुखुरा र चल्लाका कारण बाँकेमा पनि बर्डफ्लु फैलिने सम्भावना अत्याधिक बढेका छ । भारतबाट लुकिछिपी हुँदै आएको […]

Continue Reading

खजुराका ७९ जना किसानलाई चारा मेसिन

खजुरा : बाँकेको खजुरा गाउँपालिकाले व्यवसायिक किसानहरुलाई घाँस, पराल काट्न मिल्ने चारा मेसिन वितरण गरेको छ । गाउँपालिकाको पशुसेवा शाखाले किसानहरुलाई ७५ प्रतिशत अनुदान सहयोगमा ७९ वटा चारा मेसिन वितरण गरेको हो । चालु आर्थिक वर्षमा विनियोजित बजेट बाट व्यसायिक किसानहरुलाई पशुपालनमा सहजहोस भनेर चारा मेसिन अनुदानमा वितरण गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताउनुभयो […]

Continue Reading

खजुरामा सस्तो मुल्यमा कालिज(भिडियो)

नेपालगन्ज : कुखुरा विकास फार्म खजुराले कालिज पालन समेतलाई अघि बढाएको छ । बाँकेको जानकी गाउँपालिका खजुरामा रहेको लुम्बिनी प्रदेश सरकार अन्तरर्गत संचालनमा रहिआएको सरकारको एक मात्र कुखुरा विकास फार्मले कालिजको चल्ला उत्पादन गर्न अग्रसर भएको हो । कुखुरा विकास फार्म खजुराका प्रवन्धक डा. शकर न्यौपानेले पहाडमा मात्र नभएर तराईका जिल्लाहरुमा पनि कालिज पालन गर्न सकिने […]

Continue Reading

समुहमा मिलेर पशुपन्छी पालन

रमेश क्षेत्री, नेपालगन्ज : जानकी गाउँपालिकामा समुहमा मिलेर पशुपन्छी पालन गर्नेहरु अधिकांस महिला किसानहरु छन् । जानकीमा सक्रिय रुपमा ७ वटा समुहले मिलेर पशुपन्छी पालन गरेको पाइन्छ । जानकी गाउँपालिका वडा नम्बर ४ लैनपुरमा रहेको फुलबारी महिला कुखुरा पालन समुहमा १६ जनाको सीमित छ । उनीहरु महिनाको एक दिन बैठक बस्छन् र सामुहिक हितका विषयमा छलफल […]

Continue Reading

नलगाड क्षेत्रमा व्यावसायिक लसुन उत्पादनले किसानको आर्थिक जिवनस्तर उकास्दै

केही वर्षअघिसम्म नलगाड नगरपालिका–१०, रग्दाको अधिकांश खेतबारी बाँझै हुन्थ्यो। अहिले भने घरैपिच्छे लसुन खेती थालिएको छ । गाउँ हराभरा देखिन्छ । आर्थिक उपार्जन बढ्ने आशाले स्थानीय खुसी देखिन्छन् । स्थानीय हर्कबहादुर थापाका अनुसार विगतमा सिँचाइ अभाव भएको भन्दै नलगाड नगरपालिका ८, ९ र १० को जग्गा बाँझै रहन्थ्यो । रग्दा र रोलीगाउँका कतिपय किसानले जग्गा […]

Continue Reading

छेडागाडमा ८२२ विपन्न परिवारलाई खाद्यान्न सहयोग

जाजरकोट : जिल्लाको छेडागाड नगरपालिकाभित्र रहेका ८२२ विपन्न परिवारालाई खाद्यान्न वितरण गरिएको छ। आफ्नै जमिनमा उत्पादित अन्नले ६ महिना खाना नपुग्ने छेडागाड नगरपालिकाभित्रका सर्वसाधारणलाई खाद्यान्न वितरण गरिएको हो। प्रतिपरिवार रु १० हजार ८ सय १५ रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको पाँचतारा यूवा संरक्षण मञ्चका जाजरकोट छवि पन्तले जानकारी दिए। कोभिडका कारण समस्यामा परेर हैरानी व्यहोरेका  विपन्न […]

Continue Reading

दैनिक उपभोग्य वस्तुको भाउ २५ प्रतिशतसम्म वृद्धि

जाजरकोट : कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण उपभोक्ताको भान्सा महँगिएको छ । स्थानीय व्यवसायीले संक्रमणको समयमा सहज आपूर्ति नभएको भन्दै दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् ।  सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा तेल, साबुन, चामल, दाल, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको भाउ २५ प्रतिशतसम्म बढेको छ । एक महिनाअघि प्रतिलिटर १ सय ७० रुपैयाँमा पाइने […]

Continue Reading

गाभरको एग्रो पार्कमा १० क्विन्टल बेसार रोप्न सुरु

बाँकेको बैजानाथ स्थित गाभरमा रहेको लेमन एग्रो पार्कमा बेसार (हल्दि) रोप्न सुरु गरिएको छ । पहिलो पटक १० क्विन्टल बेसारको वीउ रोप्न लागिएको गाभरमा यसको उत्पादन राम्रै हुने अपेक्षा गरिएको छ । लेमन एग्रो पार्कमा खालि रहेका स्थानमा बेसारका गाना रोप्न लगेको कृष्ण चौधरीले जानकारी दिनुभयो । गाभरमा लगाइदै गरेको क्षेत्रफल हेर्दा बेसारमा आत्मनिर्भर गराउन […]

Continue Reading

जाजरकोट मौरी र सुन्तला जोनको लागि सिफारिस

जाजरकोट। मौरी र सुन्तला जोनको सफलतापछि जाजरकोटमा नयाँ जोनको सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटद्वारा थप नयाँ तीन सूची राखेर प्रस्ताव अगाडि सारिएको छ । नयाँ सिफारिसमा दलहन बाली, ओखर र बाख्राको जोन बनाउन पहल थालिएको छ । कृषि विकास कार्यालय, सातै वटा स्थानीय तहका कृषि शाखा र जिल्लाका सरोकारवाला निकायसँग व्यापक छलफल […]

Continue Reading

फलफूलमा आत्मनिर्भर बनाउने अभियानमा जाजरकोटका युवा एक

जाजरकोट: जाजरकोट छेडागाड नगरपालिका २ का युवा कृषि उधमी गोबिन्द बुढाले इन्द्रेणी बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर पाँच बर्ष देखी व्यावसायिक फलफूल खेती गर्दै आएक छन। उनले करिब पाँच बर्ष देखि आफ्नो फर्ममा स्याउ ,सुन्तला, कागती , जुनार ,किबि ओखर गरि अठार सय भन्दा बढी बिरुवा लगाएका छ्न। अहिले टर्किस ओखर दुई सय थप करिब […]

Continue Reading