पल शाहविरुद्धको अनुसन्धान प्रहरीले सकेको छ

मनोरञ्जन मुख्य खबर समाचार

  • 1
    Share

काठमाडौं : नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान प्रहरीले सकेको छ । अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेस गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहमाथि गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ ।

एक नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा शाह १५ फागुनदेखि प्रहरी हिरासतमा छन् ।

Leave a Reply

Your email address will not be published.