नेपालगन्ज र आसपासका क्षेत्रमा बर्डफ्लुको जोखिम

कृषि मुख्य खबर समाचार स्वास्थ्य / खेलकुद

  • 3
    Shares

नेपालगन्ज : नेपालगन्ज र आसपासका क्षेत्रमा बर्डफ्लुको जोखिम देखिएके छ । भारतको उत्तरप्रदेशका केही ठाउँमा बर्डफ्लु देखिएपछि बाँकेमा पनि यसको जोखिम भएको हो ।

नेपालगन्जमा खपत हुने धेरै बोईलर भारतीय सिमानाकाबाटै आउने गरेका छन । भारतबाट भित्रिने अवैध कुखुरा र चल्लाका कारण बाँकेमा पनि बर्डफ्लु फैलिने सम्भावना अत्याधिक बढेका छ ।

भारतबाट लुकिछिपी हुँदै आएको पंक्षीजन्य पदार्थको अवैध आयातले गर्दा बाँकेमा जोखिम अत्याधिक बढेको जनाउँदै स्थानीय अगुवाहरुले जिल्लाको सम्पूर्ण नाकामा कडाइ गर्न माग गरेका छन् ।

मुख्य नाकामा कडाइ गरिएपनि ग्रामीण क्षेत्रका नाकाबाट कुखुरा तथा कुखुराजन्य वस्तु भित्रिरहेको छ । पछिल्लो समय कुखुराको तयारी मासु नै भारतबाट आइरहेको छ ।

Leave a Reply

Your email address will not be published.