खजुरामा सस्तो मुल्यमा कालिज(भिडियो)

अर्थ / बाणिज्य कृषि मुख्य खबर

नेपालगन्ज : कुखुरा विकास फार्म खजुराले कालिज पालन समेतलाई अघि बढाएको छ । बाँकेको जानकी गाउँपालिका खजुरामा रहेको लुम्बिनी प्रदेश सरकार अन्तरर्गत संचालनमा रहिआएको सरकारको एक मात्र कुखुरा विकास फार्मले कालिजको चल्ला उत्पादन गर्न अग्रसर भएको हो ।

कुखुरा विकास फार्म खजुराका प्रवन्धक डा. शकर न्यौपानेले पहाडमा मात्र नभएर तराईका जिल्लाहरुमा पनि कालिज पालन गर्न सकिने भएकोले यसको चल्ला उत्पादनतिर ध्यान दिएको उल्लेख गरे ।

कालिजको मासुको माग अत्याधिक रहेको तर यसको चल्लाको मुल्य पनि धेरै हुदाँ किसानहरुले सहजै पालन गर्न नसकिरहेको अवस्थामा प्रदेश स्थरबाटै यसको उत्पादन र बजारिकरणलाई ध्यान दिदै यस आर्थिक वर्ष बाट सुलभ मुल्यमा चल्ला उपलब्ध गराउन काम सुरु गरिएको डा. न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.