कर्णाली सरकारको बजेट : ३६ अर्व ५४ करोड ६६ लाख ३६ हजार, कोरोना नियन्त्रण प्राथमिकतामा

अर्थ / बाणिज्य मुख्य खबर

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३६ अर्ब बढिको बजेट सार्वजनिक गरेको छ ।

कर्णाली प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्षको लागि कुल ३६ अर्व ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् । कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर कर्णाली सरकारले बजेट ल्याएको हो ।

जसमा पूँजीगत तर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार र चालु तर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार बराबरको बजेट ल्याईएको हो । यस्तै वित्तीय तर्फ ३ अर्ब ३९ करोड ९९ लाख ५३ हजार बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ५३ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमै कर्णालीका अस्पतालहरुमा स्वास्थ्य सम्बन्धी यन्त्रहरुको जडान, दक्ष कर्मचारीको व्यवस्थापन लगायतका काम प्रभावकारी बनाउने गरी बजेटको व्यवस्था गरिएको मन्त्री शर्माले बजेट भाषण मार्फत घोषणा गरेका छन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउने गरी बजेट बक्तव्य सार्वजनिक भएको छ ।

https://drive.google.com/file/d/1YzElakmKE_hbpEFa6KrVor3HpKK_giVR/view

Leave a Reply

Your email address will not be published.