सिकाई सहजीकरण गर्ने वैकल्पिक प्रक्रिया एवं माध्यम

विचार/व्लग शिक्षा

  • 3
    Shares

विश्व यतिबेला कोभिड-१९ को संक्रमणका कारण आक्रान्त छ । यसको प्रभाव सबै क्षेत्रमा परेको छ । यसबाट शिक्षा क्षेत्र पनि निकै प्रभावित भएको पाइन्छ । विद्यालयहरुमा शिक्षक र विद्यार्थीहरुको भौतिक उपस्थिमा हुने सिकाइ सहजीकरण बन्द अवस्थामा छ।

वैकल्पिक प्रक्रियाबाट भएपनि सिकाइ सहजीकरणलाई निरन्तरता दिने विषयमा तीनै तहका सरकारबाट विभिन्न कार्यविधि एवं निर्देशनहरु पनि आएका छन् । वैकल्पिक विधि र प्रविधिहरु पनि प्रयोगमा ल्याउन समेत चुनौति देखिएको छ । यस्तो अवस्थामा सिकाइलाइ निरन्तरता दिन अन्य समय भन्दा अभिभावक, शिक्षक, विद्यार्थी तथा सरोकारवाला सबै पक्ष बढि जिम्मेवार हुनु आवश्यक छ ।

विकसित केहि सहरहरु बाहेक अधिकांश स्थानहरुमा अहिले चर्चामा रहेको अनलाइन कक्षा प्रभावकारी बनाउन गाह्रो भएको छ। यो विपद्को समय हो। यस्तो अवस्थामा हाम्रा बालबालिकाहरुलाई सुरक्षित राख्नु हाम्रो पहिलो दायित्व हो
। त्यसपछि सिकाइलाई निरन्तरता दिने विषयलाई चासो दिन आवश्यक छ।

यसको लागि सिकाइ सहजीकरण सम्बन्धि जारी कार्यविधि तथा निर्देशिकाहरु अनुसार बालबालिकाहरुको पहुँचको अवस्था पहिचान गर्नु आवश्यक छ । स्थानीय तहहरुले विशेष परिस्थितिको नजरअन्दाज गरी सिकाइ सहजीकरण योजना बनाउनु पर्दछ । अहिलेको अवस्थामा बालबालिकाहरुको घरमै सिकाइ सहजीकरण सामाग्रीहरु उपलब्ध गराउन आवश्यक छ ।

अभिभावकहरुले पारिवारिक वातावरणमा सिकाइमा सहजीकरण गर्नुपर्दछ साथै शिक्षकहरुलाई तत्काल खोपको व्यवस्था गरि भौतिक उपस्थिति बाहेक सम्भव हुने वैकल्पिक विधिहरुको प्रयोगमा तालिम र सामाग्री दिइ सिकाइको सहजीकरणमा उत्प्रेरित गर्नुपर्दछ । अहिले सुचना तथा सञ्चारका साधनरुको पहुँच बढ्दो छ ।

यसमा पनि सबैभन्दा बढि प्रयोग हुने सामग्रीमा मोबाइल पर्छ ।मोबाइलको प्रयोग गरी सिकाइलाइ निरन्तरता दिन सकिन्छ । रेडियो, टि .भि., स्थानीय एफ. एम.बाट सिकाइका नमुनाहरु प्रसारण भएकाले यसबाट समेत सिक्न उत्प्रेरित गर्न सकिन्छ । घर नै बालकको पहिलो पाठशाला भएकोले घरबाटै सिकाइमा जोड दिन आवश्यक छ ।

नियमित रुपले विभिन्न रुपले अनुगमन र सुपरिवेक्षणको प्रबन्ध गर्नु पर्दछ । विद्यालययमा भौतिक उपस्थितिमा सिकाइ सहजीकरण नहुने भए यस वर्ष जस्तै तर समयमै दिवा खाजा र सेनेटरी प्याडमा छुट्टाइएको रकम वैकल्पिक सिकाइ सहजीकरण केन्द्रित गर्न सकिन्छ।

अभिभावकहरुले पनि असल संस्कारको अनुसरण, बगैचाका काम, कृषि तथा घरयासी अन्य साधारण कार्यहरु गराइ सिकाइलाइ व्यवहारिक बनाउन आवश्यक छ।यस्ता कार्यहरु गराउदा अभिभावकहरुले बालबालिकाहरुको शारिरीक तथा मानसिक अवस्थामा ध्यान दिनुपर्दछ ।सिकाइलाई निरन्तरता दिन इच्छाशक्ति ठुलो कुरा रहेछ ।विद्यालय जहिले खुल्छ त्यहिले देखि पढ्ने र पढाउने भन्ने कुरा त्याग्नु पर्दछ ।

विद्यालय नै एउटा मात्र सिकाइ स्थान होइन । हामी अब आधुनिक सोच र विचारका साथ विकल्पमा पनि जानु पर्दछ ।अवस्था अनुसारको व्यवस्था गर्दै जानु पर्दछ । तपाई हामी जिम्मेवार र ईमानदारका साथ वैकल्पिक विधि र प्रविधिमा जानु पर्दछ ।

मोहन वि.सी.
शिक्षा अधिकृत (शिक्षा–प्रमुख) झिमरुक गाँउपालिका, प्यूठान(साभार लाल आवाज वाट)

Leave a Reply

Your email address will not be published.