हामीले चिन्न नसकेको जाजरकोट

कुराकानी विचार/व्लग विविध

  • 688
    Shares

यस जिल्लामा अपार प्राकृतिक र मानवीय श्रोतको परिचालन गर्न सके जिल्ला र जिल्लावासीको समग्र स्थिति गुणात्मक रुपले फड्को मार्ने मात्र नभई मुलुककै सुन्तुलित विकासमा पनि ठुलो योगदान पुर्याउन सक्ने सम्भावना रहेको छ ।

उच्च पहाडी जिल्ला भएकोले यो जिल्ला जलश्रोतमा ज्यादै सम्पन्न छ । लघु तथा साना जलविद्युत आयोजनामा नीजि,सामुदायिक तथा सार्वजनिक लगानी गरी जनतालाई विद्युत सेवा उपलब्ध गराउने पर्यटन उद्योग तथा अन्य जडिबुटी तथा फलफुल प्रशोधन र प्याकेजिंग व्यवसाय सञ्चालनमा विद्युत उर्जाको प्रयोग गर्न सके सम्भावना समेत रहेको छ ।

सामाजिक पुर्वाधारको रुपमा विद्यालयहरुमा उपयुक्त पूर्वाधार निर्माण,स्थानीय शिक्षकहरुलाई तालिम मार्फत क्षमता विकास र गुणस्तरीय शिक्षाको लागि विशेष पहल आवश्यक छ । अशिक्षा,अज्ञानता,अन्धविश्वास,परम्परागत सामाजिक तथा सांस्कृतिक धारणा,घरको बनौट,स्वास्थ्य शिक्षा तथा सरसफाई सम्बन्धि जनचेतनाको कमी, खाद्य असुरक्षा तथा कुपोषण,स्वास्थ्य सेवाको उपलब्धतामा कमी,योग्य तथा तालिम प्राप्त स्वास्थ्यकर्मी, औषधी उपकरणको कमी तथा भौगोलिक विकटता र स्थानीय स्वास्थ्य संस्थाको समुचित व्यवस्थापनको कमीले गर्दा यस जिल्लाका जनताहरु प्राथमिक स्वास्थ्य सेवा बाट पनि बञ्चित हुनु परेको छ ।

यसका लागि राज्यको तर्फबाट विशेष योजना र लगानी तथा दातृ संस्थाहरुबाट पनि स्वास्थ्य क्षेत्रमा लगानी बढाउन र स्थानीय मानव संसाधनलाई स्वास्थ्य सेवा प्रवाहमा परिचालन गर्न आवश्यक छ । पूर्वाधार विकासका हिसावले विकासको मुलढोकाको रुपमा रहेको सडक निर्माण विशेष जोड दिई लगानी बढाउन आवश्यक छ ।

हुनत देश संघीय राज्य प्रणालीमा गएदेखि यस जिल्लाका सात वटा स्थानीय तहले सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका छन् । करौडौको बजेट सडकमा हालेर जिल्लाका ग्रामीण बस्तीमा सडक पुर्याएका छन् । दुर्गम मानिएको बारेकोट गाउँपालिका भित्र पनि यो आर्थीक बर्षमा सडक पुगेको छ । पछिल्लो समय विकास त बन्यो त्यसै अनुसारको विनास पनि भएको देखिन्छ ।

जिल्लाको समग्र अवस्थाबारे जिल्लाबासी,जिल्लाका विकासका सरोकारवाहलाहरु,स्थानीय तथा राष्ट्रियस्तरका राजनीतिक नेतृत्व,स्थानीय सरकार,दातृ संघ संस्था तथा निकायहरु,सामाजिक विकास संस्थाहरु तथा समुदायमा आधारित संघ संस्थाहरुले पहल कमदी गर्न आवश्यक छ ।

यस क्षेत्रको विकासका लागि प्रत्येक स्थानीय तहले भौतिक निर्माण मात्र नभई सामाजिक आर्थीक विकास र मानिसको जीवनस्तरमा सोच्न आवश्यक छ । यस क्षेत्रको विकास गतिशील अवस्थामा भएपनि खासै विकास भएको देखिदैन । कर्णाली प्रदेशको अतिविकट मानिएको जिल्ला मध्ये यो जिल्ला पनि अछुत हुने सक्दैन । बनेका स्थानीय सरकारले विकासको नाममा सडक बाहेक अरु केही पनि गरेको देख्न सकिदैन ।

डोल्पा,जुम्ला र दैलेख जिल्लासंग सिमाना जोडिएको जिल्लाको उत्तर पश्चिम भेगभन्दा रुकुम जिल्लासंग सिमाना जोडिएको पुर्व दक्षिणी भेग स्थिति सापेक्षित रुपमा राम्रो रहेको छ । यस जिल्लाको सदुरमुकाम ऐतिहाँसिक स्थल खलंगामा अवस्थित छ ।

अति दुर्गम जिल्ला भएर पनि जिल्लाको सदरमुकाममा हवाई मैदान छैन । र जिल्लाबासीहरु हवाईसेवा बाट समेत बञ्चित छन् । जिल्लाको दक्षिणी सिमाना तर्फ रहेको चौरजहारी विमानस्थलबाट सदरमुकाम खलंगा पग्न ४ घण्टा पैदल हिड्नुपर्छ ।

माथी उल्लेखित सबै कुराको निष्कर्ष गर्दा जाजरकोट जिल्लामा अझैपनि विकासले फड्को मार्न सकिरहेको छैन । जाजरकोटी जनताले अव जिल्लामा सात वटा स्थानीय तह बनेका छन् । ति तहहरुले जनतामुखी काम गरे विकास महत्वपुर्ण फड्को पार्न सकिन्छ ।

पर्यटनको सम्भावना 
अतिथी देव भव । अतिथीलाई स्वागत गर्ने कुनै नयाँ तरिका नभएपनि यस जिल्लाका अधिकाशं मानिसहरु अतिथी भन्ने वितिकै देव भवको नाराका साथ स्वागत गर्ने गर्छन । इतिहास साँचि छ । बाइसे चौविसे राज्यको पालामा नेपाल एकिृकरणको महान यौद्धा पृथ्वीनारायण शाहले पनि यस जिल्लामा आक्रमण नगरी यहाँमितेरी साहनो गाँसी आत्मीयता बाँडेका थिए ।

पर्यटन विकासको क्षेत्रमा यो जिल्ला निकै सक्भावना बोकेको क्षेत्र हो । हुनन कर्णाली प्रदेशका दश बटै जिल्लामा केही न केही सम्भावना बोकेकै जिल्ला हुन । त्यसमध्ये यो जिल्ला पनि एक हो । यो जिल्ला धरातलीय स्वरुप समुद्र सतहबाट ६१० मी.देखि ५४१२ मी. उचाईसम्म फैलिएको तथा डाँडाकाँडा र नदी तथा खोचहरु मिलेर बनेको छ ।

उचाई विविधता भएको कारणले गर्दा यहाँको हावापानीमा समेत विविधता रहेको छ । यहाँको जलवायू उपोष्ण देखि लिएर शतोष्ण सम्म रहेकोले हावापानी अनुसार विभिन्न किसिमका वनजंगलहरु पाइन्छन् । वन प्रजातीको हिसावले तल्लो तथा नदी किनारको होचो भागतिर पहाडी सालको जंगल पाइन्छ भने मध्ये भुभागमा सल्लाको वन पाइन्छ ।

त्येसैगरी जिल्लाको उच्च भुभागमा लेकाली सल्लो गोव्रे सल्ला चौपाते मिश्रित र मिश्रित पाइन्छ । यस जिल्लामा घुम्न आउने पर्यटकका लागि त्यस्ता नाम चलेका सम्पदा तथा पर्यटकीय स्थल नभएपनि यहाँ आउने पर्यटक यस जिल्लाको हावापानीमा भुल्न सक्छन् ।

नेपाल सरकारले तय गरेको सय पर्यटन गनत्व्य स्थलमध्ये जाजरकोट दरबार पनि पर्दछ , जाजरकोट जिल्लामा आउँदा सवै पर्यटकको मन जान्छ जाजरकोट दरबार । यो दरबार आज भन्दा धेरै बर्ष पहिले निर्माण गरेको भन्ने इतिहासमा पाइन्छ ।
पुरानो शैलामा निर्माण गरिएको यस दरबारको स्वभावले पर्यटकलाई जाजरकोट ल्याउन ठुलो योगदान पुर्याउने गरेको छ । जाजरकोट दरबार पछि अर्काे एउटा पर्यटकीय स्थल मालिका मन्दिर । गोरखाको मनकामन मन्दिर र जाजरकोटको मालिका मन्दिरको उत्पति स्थल एउटै हो भन्दा सजिलै तरिकाले कोही पनि पत्याउँदैनन् । तर इतिहासमा हेर्ने हो भने यो पनि देख्न सकिन्छ ।

जिल्लाका विभिन्न क्षेत्रका पर्यटकीय स्थलले पर्यटकलाई थप आर्कषण गर्न महत्वपुर्ण भुमिका खेल्न सक्छन् । जिल्लाको बारेकोट गाउँपालिकाको वडा ४ मा रहेको साइकुँरी र ठाकुरजी ताल पनि पर्यटकका मन लोभ्याउन सक्ने पर्यटकीय क्षेत्र हुन ।

वरीपरी वनजंगल,हरियालीको वीचमा रहेको ठाउँलाई तीर्थस्थलका रुपमा स्थानीयहरुले लिने गरेका छन् । त्यहि बाट अलि पर गए चाखरे लेकको रमाणियतामा रमाउने ठाउँ पनि छ । जिल्लाको कुशे गाउँपालिकामा रहेका पैकको मष्टो मन्दिर,कुशेमुशे लेक यस क्षेत्रमा रहेको झरना पनि पर्यटको मनमा अवश्यक हुन्छन् ।

धार्मिक विश्वासको कारण पैकको मन्दिरमा कर्णाली प्रदेश मात्र होइन अन्य प्रदशेका मानिसहरु पनि आउने गरेका छन् । यहाँका भेरी नदि, नलगाड, छेडागाड,सुवागाड १२महिना निरनतर बगिरहने नदिहरु हृ्न् । जहा सहासिक जलयात्राहरु रयाप्टीङ गरि आन्तरिक तथा बहाय पर्यटकहरु भित्रयाइ स्थानिएको आर्थिक सामाजिक जिबनस्तर माथि उगास्ना सकिन्छ् ।

हाल नलगाड र भेरि नगरपालिकाको भेरी नदिमा रयाप्टीङ संचालनका लागि अभ्यास समेत गरिएको छ । यी नदिहरुमा उचित लगानी गरि विद्युतहरु निकालिएमा समग्र कर्णाली प्रदेशलाइ नै समृद बनाउन सकिन्छ । छेडागाड र ताँत्रगाडमा बिधुत उत्पादनका लागि अध्ययन भइरहेको छ भने नलगाड नदिमा ४१० मेगावाटको नलगाड जलबिधुत आयोजनाको कार्य सृरु भएको छ ।

यो आयोजनाको निर्माणबाट कर्णाली प्रदेशलाइ उज्यालो प्रदेशका रुपमा चिनाउन सकिने सम्भावना प्रवल छ । नलसिंहगाड जलाशययुक्त आयोजना भएकाले पर्यटकलाइ भित्रयाउन सकिन्छ ।देशकै गुणस्तरीय मानिएको बहुमुल्य पत्थर टुर्मालीन कुशेको टालेगाउँ र जुनिचाँदेमा पाइने गरेको छ भने बारेकोटको फलाम खानी व्यबस्थापन तथा संचालन गरि उचित रुपमा प्रयोगमा ल्याउन सके यहाँका नागरिकको जीवनस्तर चाडै माथि उकास्न सकिन्छ ।

कुशेको अर्छानीमा रहेको सिलसिले झरना सक्लामा रहेको राहापानि झरना आन्तरिक तथा बाह्य पर्यटनका लागि मन लोभ्याउने झरणाहरु हृन् ।त्यसैगरि बारेकोट गाउपालिकामा रहेको ठाकुरजी पाटनमा अबस्थित संख दह, कृकृर दह, जुनिचाँदेको नदैडाव दह ताल तलैयाहरु जिल्लाको प्रमृख पर्यटकीय गन्तब्यहरु हृन् ।यहाँका आर्कषक प्राकृतिक सम्पदाहरुमा कुशेमुशे पाटन, ठाकुरजी पाटन चाखुरे पाटन रम्का हिमाल विभिन्न किसिमका जडिबृटीहरु घुच्चियाउ यार्सागृम्बा भुतकेश पाँचऔले चन्दन लगायतका जडिबुढिहरु उच्च लेखमा पाइन्छन् ।

मह उत्पादनको हिसाबले पनि जाजरकोट उत्कुष्ट छ । विभिन्न स्थानहरुमा पाइने भिर मौरीको मह पनि यहाँको विशेष उत्पादन हो । विश्वको लोपोन्मुख रेडपाण्डा , कस्तृरी , झारल, सुनगिद्ध चिरकालिज जस्ता बन्यजन्तु तथा पशुपन्छीहरु जिल्लाको कुशे तथा बारेकोट गाउपालिकाको विभिन्न उच्च स्थानहरु पाइन्छन् ।

आन्तरिक तथा बाहाय पर्यटक भित्रयाउन सकिने प्रचुर सम्भाबनाहरु बोकेका चाखृरे, ठाकृरजी हृदै जुम्ला,ब्याउलीढृङ्गा कुसेमुसे अनि जुम्ला,जुनिचादेको दह पाथिभरा हृदै रुटमार्गहरु र्निमाण तथा विकासमा स्थानिय तथा केन्द्रिय सरकारले जोड दिए पर्यटनको विकास हुने देखिन्छ् । यसका लागि होटेल र आबाशीय पुर्वधारको विकासमा जोड दिन जरुरी छ ।

भेरि नगरपालिकाको मछाइनामा रहेको मालिका मन्दिर , कुदुको भुमेश्वर गुफा, वाहुनथानाको साङ्गटा गुफा आन्तरिक पर्यटका लागि महत्तवपृर्ण .मानिन्छन् ।जिल्लाका विभिन्न स्थानहरुमा पाइने सिस्नोको साग, बारेकोटका गाभा ,दम्दालाका सुन्तला यस जिल्लाका प्रसिद अर्गानानिक उत्पादनहरु हृन ।

आन्तरिक तथा बहाय पर्यटका लागि मन लोभ्याउने यहाँका धार्मिक स्थलहरु पनि महत्वपृर्ण मानिन्छन् । मालिका मन्दिर, पंैकको मस्टा मन्दिर, ढिमेको झादेब मन्दिर पनि हुन । ऐतिहासिक महत्व बोकेको जगतिपुर पनि जाजरकोटको राज्यको अस्तित्व बोकेको महत्वपुर्ण सुन्दर ऐतिहासिक क्षेत्र हो ।

यस जिल्लामा विभिन्न स्थानहरुमा नाचिने देउडा, पैसेरु, सरंगे ,हातमा ढाल र तरवार लिएर नाचिने खाँडो नाँच पनि महत्वपुर्ण साँस्कृतिक सम्पदाहरु हुन् । जिल्लामा रहेका यस्ता पर्यटन क्षेत्रको विकास र विस्तार गर्न आवश्यक छ ।

शुसासनको वर्तमान अवस्था 
सुशासन दुई शब्दले बनेको हुन्छ । शासन भनेको निति,बिधि,र प्रक्रिया अनुरुप कामगर्ने तरिका हो । अर्को शब्दमा यसलाई असलशासन पनि भनिन्छ । असल शासनमा सहभागिता, पारदर्शिता,जवाफदेहिता, उत्तरदायित्व पर्दछ । तर पनि शुसासनका निती तथा विधीहरुमा जिल्लाका सेवाप्रदायिक निकायले दिएको शुसासनलाई भुलेको देखिएको छ । शुसासनको पाटो अन्तर्गत सुचनाको हक पनि पर्दछ । जिल्लाका सातवटा स्थानीय तहमा अझै पनि नागरिक वडा पत्र राखिएको छैन ,सार्वजनिक सुनुवाई पनि कतिबेला गर्छन ।

आम नागरिकलाई थाहा नै हुदैन । यसले के शुसासनलाई के पार्दशिता गरेको छ ? पक्कै पनि छैन । अझै यहाँका सेवाप्रदायिक संस्थाले सुशासनलाई गुप्तचर गरेको देख्न सकिन्छ । भनिन्छ अधिकार माग्दा कर्तव्यलाई भुल्नुहुदैन । तर यहाँ त अधिकारलाई खोज्ने कर्तव्यलाई कुल्चने परम्परा हिजो देखि आज सम्म चलिरहेको छ ।

जिल्लामा सुशासनमा काम गर्ने संस्था दुई तीन बटा भएपनि उनीहरु पनि ठिक शुसासनलाई भुल्ने गर्दछ । आर्थिक, सामाजिक,र राजनैतिक दृष्टिकोणले बिकास नभएको र शिक्षाको कमिले गर्दा शुशासनको उदाहरणीय काम नभएको पाइन्छ । सुशासन जुनसुकै ठाउँमा लागु हुना जरुरी छ । समाज, राजनितिक, ब्यबस्थापन, कानुन सबैतिर सुशासनको खाँचो भइरहेको परिप्रेक्ष्यमा सार्वजानिक प्रशासन पनि यसबाट टाढा हुन सक्दैनन् ।

बालबालिकालाई उचित शिक्षा ,स्वास्थ्य, पुगेको छ या छैना पटक पटक चेक जाँच गर्न जरुरी छ । विकट जिल्ला भएकोले यहाँ सामाजिक कुरिति तथा कुप्रथा धेरै भएको पाइन्छ । त्यसैले यी कुरालाई अन्त्य गर्न जरुरी छ । हाम्रो जाजरकोटलाई सुशासनयुक्त जिल्ला बनाउन युबा, कर्मचारी,बुद्धिजिबि,र सम्पुर्ण नागरिकले देशको मुल संबिधानको पालना गरि त्यसलाइ आफनो जीबनमा लागु गर्न जरुरी छ ।
अन्त्यमा ः जाजरकोट जिल्ला विकास निर्माणको क्षेत्रमा पछि भएपनि यहाँको प्राकृतिक श्रोत साधनलाई सही सदुपयोग गरे । विकासको गतिलो सम्भावना देख्न सकिन्छ । जिल्लाका पर्यटिकय क्षेत्रमा प्रचारप्रसार गरेमा यहाँको पर्यटन विकासलाई अझ गतिलो तरिकाले लिन सकिन्छ ।

विकट जिल्ला भएपनि प्राकृतिक,साँस्कृतिक,धार्मिक दृष्टिकोणले यो जिल्लालाई विकट मान्न सकिदैन । सबै स्थानीय तहले सोच्न आवश्यक छ । जिल्लालाई समृद्ध जिल्ला बनाउन ।

शुसासनलाई पार्दशितामा ढाल्न यहाँको कर्मचारी तन्त्रलाई रोक्न आवश्यक छ । यति सम्भावना हुदाँहुदै हामीले नखोजेको र नचिनेको जाजरकोट बनोस् । जाजरकोट निर्माणमा सबैको चासो र चिन्ता हुन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published.