भारतमा कोरोना बढ्यो, नेपालमा पनि सतर्कता अपनाऔं : स्वास्थ्य मन्त्रालय

मुख्य खबर स्वास्थ्य / खेलकुद

काठमाडौं, ८ चैत  : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमण रोकथामकालागि नेपालमा सतर्क तथा सावधान रहन आग्रह गरेको छ ।  कोभिड १९ को संक्रमण छिमेकी राष्ट्र तथा विश्वभर नै बढ्दो क्रममा रहेको भन्दै मन्त्रालयले आइतबार एक विज्ञप्तीमा मार्फत यस्तो सूचना जारी गरेको हो ।

मन्त्रालयले संक्रमण बढ्न रोक्नका लागि सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक तथा भीडभाड हुने व्यवसाय र कार्य नगर्न आग्रह गरेको छ । यसैगरी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सामाजिक वा भौतिक दुरी, मास्कको अनिवार्य प्रयोग गर्न र साबुन पानीले हात धुने वा सेनिटाईजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य मापदण्डहरु पालना गर्न अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published.